बिबेकको निर्णायक गोलसँगै मुहान फाइनलमा

(सुरज राना मगर) कपिलवस्तु । जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगितामा मुहान एफसी फाइनलमा प्रवेश गरेको छ ।पिपरास्थित जनता मा.वि. को खेल मैदानमा जारी प्रतियोगिताअन्तरगत शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा मुहानले वाणगंगा युथ क्लबलाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो ।

मुहानका लागि बिबेक मल्लले एक मात्र निर्णायक गोल गरे, जुन टोलीको जितका लागि निर्णायक बन्न पुग्यो ।
शनिबारको खेलमा वाणगंगाका अमृत गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत वैशाख १७ गते आइतबारको दोस्रो सेमिफाइनल खेल वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटी र युनाइटेड कपिलवस्तु बीच हुने आयोजक क्लबका उपाध्यक्ष शुभम कार्कीले जानकारी दिए ।

जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद पचास हजार हात पार्नेछन् भने उपविजेता २५ हजार हात पार्नेछ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई टोलीले पाँच–पाँच हजार नगद हात पार्नेछन् भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...