दिव्यज्योतिलाई प्रथम स्व. दुर्गा तिवारी स्मृति रनिङ शिल्डको उपाधि

(सुरज राना मगर) भैरहवा । प्रथम स्व. दुर्गा तिवारी समृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि दिब्यज्योति युवा क्लबले जितेको छ ।
बैशाख १६ गते शनिबार पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न फाइनल खेलमा दिब्यज्योतिले सिर्जना एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

एकतर्फी जित हात पार्ने क्रममा दिब्यज्योतिका लागि कमल गुरुङ, नविन मगर र केशव दर्लामीले एक÷एक गोल गरे ।
बिजेता बनेको दिब्यज्योतिले उपाधिसहित नगद ५० हजार हात पारेको छ । त्यस्तै उपविजेत ाबनेको सिर्जना एफसीले भने ३० हजारमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फको पुरस्कार पनि सबै विजेता दिब्याज्योतिका खेलाडीहरुले हात पार्न सफल भए ।

जसअन्तरगत उत्कृष्ट गोलरक्षक दिब्यज्योतिका श्रृजन श्रेष्ठ, उच्च गोलकर्ता दिब्यज्योतिकै शरद क्षेत्री घोषित भए । दुवैले ट्रफीसहित जनही नगद २ हजार हात पारे । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि दिब्यज्योतिकै अनिष शाक्य घोषित भए, उनले ट्रफीसहित नगद ५ हात पारे ।

यहि बैशाख ५ गते देखि शुरु स्वतन्त्र विधार्थी युनियन पक्लिहवा कृषि क्याम्पसद्वारा आयोजित प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...