मेची नेत्रालय सिटी लिग फुटबल प्रतियोगिता अन्तिम चरणमा

कृष्ण सिन्जाली मगर, मेचीनगर – स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुन लागेको सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताका लागि काकरभिट्टाको पूर्वपश्चिम राजर्मागमा स्वागत गेट, खेलमैदान जाने बाटोमा दुई वटा प्रवेश तथा स्वागत गेट निर्माण गरिएको छ । त्यसैगरी खेलमैदानको तीन तर्फ दर्शकहरु बसेर मनोरन्जन लिनका लागि प्याराफिटका साथै स्टेजको निर्माण भइसकेको कुरा आयोजक सेन्टरका अध्यक्ष मीन बहादूर बस्नेतले बताए ।

काकरभिट्टा उच्च माबिको खेलमैदानमा बैशाख १९ गते देखि ३१ गतेसम्म संचालन हुने  प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । प्रतियोगिता अवधिभरि दर्शकहरुले बिना टिकट (निःशुल्क) फुटबल खेलको अवलोकन गर्न सक्ने कुरा अध्यक्ष बस्नेतले बताए ।

कूल ४ लाख ८७ हजार एक सय रुपैयाको लागतमा संचालन गर्न लागेको प्रगियोगितामा स्थानीय स्तरका पाँच वटा क्लबले सहभागीत जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...