मुहान एफसी सेमिफाइनलमा

(सुरज राना मगर) कपिलवस्तु । जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगितामा मुहान एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिपरास्थित जनता मा.वि. को खेल मैदानमा जारी प्रतियोगिताअन्तरगत बिहीबार सम्पन्न खेलमा मुहानले आस्था फाउण्डेशनलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

प्रतियोगिता अन्तरगत वैशाख १५ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल युनाइटेड कपिलवस्तु र प्रगतिशील युवा क्लब बीच हुने आयोजक क्लबका शुभम कार्कीले जानकारी दिए ।

जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आउँदै वैशाख १९ गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद पचास हजार हात पार्नेछन् भने उपविजेता २५ हजार हात पार्नेछ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई टोलीले पाँच–पाँच हजार नगद हात पार्नेछन् भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...