वाणगंगा सेमिफाइनलमा प्रवेश

(सुरज राना मगर) जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगितामा वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटी सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिपरास्थित जनता मा.वि. को खेलमा शुरु प्रतियोगितामा वाणगंगाले सालझण्डी युवा सञ्जाललाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा वाणगंगाका  लागि सबि गुरुङ्गले  एकमात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच पनि वाणगंगाका लागि निर्णायक गोल गरेका सबि गुरुङ्ग नै घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख १४ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल आस्था फाउण्डेशन र मुहान एफसी बीच हुने आयोजक क्लबका शुभम कार्कीले जानकारी दिए ।

जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आउँदै वैशाख १९ गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद पचास हजार हात पार्नेछन् भने उपविजेता २५ हजार हात पार्नेछ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई टोलीले पाँच–पाँच हजार नगद हात पार्नेछन् भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...