कृष्ण सिन्जाली, मेचीनगर, खेलदैनिक
स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको तेश्रो संस्मरण हुने भएको छ ।
काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुन लागेको सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता यहि बैशाख १९ गते देखि ३१ गतेसम्म संचालन हुने भएको छ । मेचीनगर क्षेत्रका ५,६,७ र ८ नम्बर वडाका फुटबल खेलाडीहरुलाई पहिलो रोजाईमा राखेर संचालन गर्न लागेको प्रतियोगितामा प्रत्येक क्लबले ४ जना खेलाडी क्षेत्र बाहिरका खेलाउन पाउने प्रवाधान रहेको कुरा आयोजक सेन्टरका अध्यक्ष मीन बहादूर बस्नेतले बताए ।
काकरभिट्टा उमाविको खेल मैदानमा संचालित प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने भएको छ । खेलको लिग बिजेता फाइनल पुग्छ भने दोश्रो र तेश्रो स्थान भएका क्लबले नक आउटका आधारमा लिग बिजेता संग प्रतियोगिताको फाइनल खेलमा भिड्ने छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र पाउने भएको कुरा सेन्टरका कोषाध्यक्ष पेमु नर्बू शेर्पाले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार, उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरर्वाड,उदयमान खेलाडी, उत्कृष्ट कोच र उत्कृष्ट मेनेजरलाई क्रमश नगद ३÷३ हजार प्रदान गर्ने भएको छ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १ हजार प्रदान गर्ने भएको कुरा अध्यक्ष बस्नेतले बताए ।
कूल ४ लाख ८७ हजार एक सय रुपैयाको लागतमा संचालन गर्न लागेको प्रगियोगितामा स्थानीय स्तरका ह्यापी फुटबल क्लब, हेल राईडर फुटबल क्लब, बर्मेली फुटबल क्लब, मेची यूवा प्रतिष्ठान फुटबल क्लब र नव दुर्गा फुटबल क्लब रहेको कुरा सेन्टरका उपाध्यक्ष नवराज ओलीले बताए ।