बिरगंज: संकटा क्लब फाइनलमा

बिरगंज , खेलदैनिक

संकटा क्लब प्रथम विशाल स्‍मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिरगंजको नारायणी रङशालामा जारी प्रथम बिशाल स्‍मृति फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज संकटा क्लबले १० जनामा सिमित नेपाल पुलिस क्लबलाई ३-० ले हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।

मार्टिन्सले संकटाकोलागि दुई गोल गरे भने राज पौडेलले एक गोल गरे ।

खेलको २९औ मिनेटमा बुद्ध लामाले राज पौडेललाई कुहिनोले हानेकोले खेलका रेफ्री सुदिश पाण्डेले लामालाई रातो कार्ड देखाए पछि बुद्ध लामा मैदानबाट बाहिरिएका  थिए ।

आजको खेलको म्यान् अफ दि म्याच संकटाका गोलकिपर बिशाल श्रेष्ठ घोषित भए ।

बिहीवार दोस्रो सेमिफाइनलमामा नव जन जाग्रिती क्लबले नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

विशाल स्‍मृति फोउन्डेशनले आयोजना गरेको यो प्रतियोगिताको बिजेताले पाँच लाख हात पार्ने छ भने उपबिजेताले दुई लाख पँचास हजार पाउने छ ।

फाइनल खेल बैशाख १६ गते हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...