रियल म्याड्रिड फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा

१८ बर्ष मुनीका छात्र तथा छात्राकोलागि रियल म्याड्रिड फुटबल ट्रेनिङ क्याम्प जुन ५ देखि ९ सम्म मोडर्न ईण्डियन स्कुल, काठमाडौंमा हुँदैछ ।

पूर्व बास्केट्बल खेलाडी बिजय कुमार खत्रीको शुभराम्भ एडुकेश्न् एण्ड स्पोर्टस टूर्स् प्राईभेट लिमिटेडले रियल म्याड्रिड फुटबल क्लब, रियल म्याड्रिड फोउण्डेशन र नेपाल युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गर्दैछ।

नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यस पाँच दिने प्रशिक्षण कार्यक्रमका सल्लाह्कार हुन् । उनले रियल म्याड्रिड फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा आयोजना हुन लागेकोमा खुशी ब्यक्त गरे । यो प्रशिक्षणलाई लिएर उत्त्साहित भएका खड्का भन्छन् , “यो एउटा नेपाली खेलकुदकोलागि ठूलो  उपलब्धी हो । यो अवसरलाई सबैले सदुपयोग गर्नलाई अनुरोध गर्छु । ”

८०  जनाले सहभागिता जनाउने प्रशिक्षणमा रियल म्याड्रिड फुटबल क्लबका यूइएफए लाईसेन्सेस प्राप्त प्रशिक्षक ड्यानीयल ल्यान्डअबुरु रोटेलाल र राफियल प्यलासिओसले तालिम दिने कुरा यो कार्यक्रममा ठूलो भूमिका खेलेका नारायण बहादुर श्रेष्ठले बताए ।

चयन भएका उत्कृष्ट खेलाडीहरुले सिङ्गापुरमा पाँच दिने प्रशिक्षणमा भाग लिन पाउने छन् ।

प्रशिक्षण शुल्क पैतिस हजार रुपैया रहेको छ जसमा जलपान, यातायात  र रियल म्याड्रिडको पोशाक पनि दिइने छ  ।आयोजकका अनुसार यस रियल म्याड्रिड फुटबल ट्रेनिङ क्याम्पको बजेट पैसठी लाख रुपैया रहेको छ ।

इच्क्षुकले दर्ता गर्नकोलागि  www.subharambhatours.com अथवा  [email protected] लिन्क मा क्लिक गर्न सक्नु हुन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...