नव जनजाग्रिती क्लब प्रथम विशाल स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिरगंजको नारायणी रङशालामा जारी प्रथम बिशाल स्मृति फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सोमबार सिमराको नव जनजाग्रिती क्लबले हेटौंडाको बिजय युवा क्लबलाई ४ -० ले पाखा लगाएको छ ।
नव जनजाग्रितीकालागि राष्ट्रिय खेलाडी सुजल श्रेष्ठले दुई गोल गरे भने बिक्की चौधरी र प्रज्वल क्षत्रीले एक एक गोल गरे ।
आजको खेलको म्यान् अफ दि म्याच सुजल श्रेष्ठ घोषित भए ।
अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् ।
विशाल स्मृति फोउन्डेशनले आयोजना गरेको यो प्रतियोगिताको बिजेताले पाँच लाख हात पार्ने छ भने उपबिजेताले दुई लाख पँचास हजार पाउने छ ।