संकटा क्लब सेमिफाइनलमा

संकटा क्लब प्रथम विशाल स्‍मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिरगंजको नारायणी रङशालामा जारी प्रथम बिशाल स्‍मृति फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज संकटा क्लबले सशस्त्र प्रहरी बललाई २-० ले हराउदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

संकटाको जीतमा राज पौडेलले दुई गोल गरे । आजको खेलको म्यान् अफ दि म्याच दुई गोलकर्ता पौडेल नै घोषित भए ।

सोमबार तेस्रो क्वाटरफाइनलमा नव जन जाग्रिती क्लबले राज मिल्क पटनासँग प्रतिस्पर्धा गर्नेछ ।

विशाल स्‍मृति फोउन्डेशनले आयोजना गरेको यो प्रतियोगिताको बिजेताले पाँच लाख हात  पार्ने छ भने उपबिजेताले दुई लाख पँचास हजार पाउने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...