शान्ति सिद्धार्थ क्लब सेमिफाइनलमा

(सुरज राना मगर) प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा शान्ति सिद्धार्थ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा शान्ति सिद्धार्थले ब्रम्हा युवा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

शान्ति सिद्धार्थको जितमा खेलको ४१ औं मिनेटमा शुभम थापाले एक मात्र निर्णायक गोल गरे, जुन टोलीलाई जित दिलाउन प्रर्याप्त बन्न पुग्यो ।

शनिबारको खेलको पराजित टोली ब्रम्हा युवा क्लबका ओम गाहा मगर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत वैशाख १० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल सालझण्डी युवा सञ्जाल र चाँदनी युवा क्लब बीच हुने आयोजक क्लबका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...