पाँचथर गोल्डकपको उपाधि विर्ता युनाइटेडलाई 

वैशाख ९ / पाँचथरको सदरमुकाम फिदिममा जारी प्रथम पाँचथर गोल्डकपको उपाधि विर्ता युनाइटेड झापाले जितेको छ। पाँचथरको फिदिममा भएको फाइनल खेलमा एपिएफ पुर्वाञ्चललाई ट्राइबेकरमा ४-२ ले हराउँदै झापाले उपाधी जितेको हो ।

उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपिएफले १ लाख रुपैयाँ हात पार्‍यो । फिदिम माविको मैदानमा भएको फाइनलमको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि निर्णयका लागि सिधै टाइब्रेकरमा लगिएको थियो।

ट्राइबेकरमा झापाका विशाल राई ,बुद्ध चेम्जोङ , रञ्जित श्रेष्ठ र बिकि चौधरीले गोल गरेका थिए। एपिएफका सुशिल राई र बुद्धिमान राईले मात्र गोल गरे भने उज्वल राईको प्रहार झापाका गोलकिपर दिनेश थापाले रोकेका थिए। प्रदिप चौधरीको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो।

फाइनलमा एपिएफका सुशिल म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा झापाका दिनेश थापा उत्कृष्ठ गोल किपर, एपीएफका फुसन मुर्म उत्कृष्ट डिफेन्डर, झापाका योगेश गुरुङ उत्कृष्ठ मिड फिल्डर र एपीएफका बुद्धिमान राई उत्कृष्ठ फरवार्ड घोषित भए । झापका विसाल राई बी प्रतियोगिताका उच्च गोलकार्ता भए । उनले खेल अवधिभर चार गोल गरेका थिए । विर्ताका देवेन्द्र तामाङ म्यान अफ दी टुनामेन्ट घोषित भए । प्रत्येकले जनही चार हजार नगद पुरस्कार प्राप्त गरे ।

यसअघि पुसमा फिदिममा नै भएको आठौं फाल्गुनन्द गोल्ड पकपको उपाधि पनि विर्ताले नै जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...