फर्साटिकर क्वाटरफाइनलमा

प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा फर्साटिकरले एकता एफसीलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा गरेको हो ।

फर्साटिकरको जितमा खेलको ३८ औं मिनेटमा नर बहादुर थापाले गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा सुजन रानाले थप एक गोल गर्दै फर्साटिकरको जित सुनिश्चित गरेका थिए ।

शुक्रबारको खेलको एकता एफसीका निशान थापा म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबारको खेलसँगै प्रतियोगिताको पहिलो चरणका खेलहरु समाप्त भएका छन् । प्रतियोगिता अन्तरगत वैशाख ९ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल सिद्धार्थ युवा क्लब, हरैया र ब्रम्हा युवा क्लब, रानीबगीया बीच हुने आयोजक क्लबका सचिव प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...