सिद्धार्थसँग भूपू –११ पराजित

(सुरज राना मगर) प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा सिद्धार्थ युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थले क्वाटरफाइनल प्रवेश गर्ने क्रममा भूपू–११ लाई २ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।
सिद्धार्थको जितमा सुरज थापा एक्लैले खेलको २०, २३ र ४० औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीको जित पनि सुनिश्चित गरे । उता भूपू–११ का लागि प्रदिप आचार्यले खेलको ६१ औं मिनेटमा गोल गरे भने थप एक गोल भने सिद्धार्थका अनिल चौधरीले आत्मघाती गोल गर्न पुगेका थिए ।

बिहीबारको खेलको सिद्धार्थका सुरज थापा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख ८ गते शुक्रबारको खेल फर्साटिकर एफसी र एकता एफसी बीच हुने आयोजकले जानकारी दिएको छ ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...