फुङ्नाम लाई हराउँदै पुर्वाञ्चल भेट्रास बिजयी

नया बर्ष २०७४ को अवसर पारेर मिक्लाजुङ ७ , मधुमल्लामा नवदीप युवा क्लबको आयोजनमा संचालीत प्रथम मिक्लाजुङ आन्त्रीत भेट्रान्स फुटबल प्रतियोगीताको उद्घाटन खेलमा फुङ्नाम भेट्रानस् चुलाचुली ६ इलाम लाई ३–० को अन्तरले हराउँदै पुर्वाञ्चल भेट्रान्स लखनपुर बिजयि हुँदै सेमी फाइनल प्रवेश गरेको छ ।

खेल शुरु भए बाटै निक्कै आक्रामक रुपमा प्रस्तुत भएकको पुार्वाञ्चल भेट्रान्सका लागी हिलो हाफको १७ औं मिनेटमा सरमान मगर जर्सी नं. १० ले गोल गर्दै खेललाई १–० ले अग्रता दिलाए त्यस पछी निक्कै आक्रामक बनेको खेलमा मध्यन्तर सम्म फुङ्नामले कुनै गोल गर्न सकेन । मध्यान्तर पछीको खेलमा पुर्वाञ्चल भेट्रान्सले खेलाई एकहोरो नियन्त्रण्मा राख्दै जर्सी नं. २६ का तिर्थ याक्सु र जर्सी नं. ५ का रुद्रबहादुर खड्काले एक÷एक गोल गर्दै आफ्नो टिमलाई ३–० को फराकिलो अन्तरले बिजयी भएको आयोजक नवदिप युवा क्लबका सचिब देउमान तामाङले जानकारी दिनु भयो ।

४० बर्ष भन्दा माथीका पुर्व खेलाडीहरुको सहभागीतमा संचालन हुने यो खेल मिक्लाजुङ गाउँपालिकामा पहिलो भएकाले र निक्कै महत्वका साथ हेरीएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार र द्धितिय हुनेलाई नगद रु ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल सह संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा बैशाख १२ गते सम्म संचालन हुने छ । खेलमा झापा, मोरङ इलाम र रुपन्देहीका ८ टिमको सहभागीता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...