प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगिता शुरु

कपिलवस्तुमा प्रथम जनप्रेमी नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा पिपरास्थित जनता मा.वि. को खेलमा शुरु प्रतियोगितामा सालझण्डी युवा सञ्जालले विजयी शुरुवात गरेको छ ।

उदघाटन खेलमा सालझण्डीले नौलो बिहानी क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सालझण्डीको जितमा खेलको ६८ औं मिनटमा पुरन भण्डारीले एकमात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ दि म्याच पनि सालझण्डीका लागि निर्णायक गोल गरेका पुरन भण्डारी नै घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख ७ गते बिहीबारको खेल युनाइटेड कपिलवस्तु र आयोजक जनप्रेमी युवा क्लब ‘ए’ बीच हुने आयोजक क्लबका अध्यक्ष राम सेनले जानकारी दिनुभयो ।

जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आउँदै वैशाख १९ गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद पचास हजार हात पार्नेछन् भने उपविजेता २५ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पुगेका दुई टोलीले पाँच–पाँच हजार नगद हात पार्नेछन् भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...