चाँदनीको शानदार जित

(सुरज राना मगर, रुपन्देही) प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा चाँदनी युवा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।
रुपन्देहीको मैनियास्थित स्थानीय खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा चाँदनीले सगरमाथा युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा समेत तय गरेको हो ।
बुधबारको खेलको म्यान अफ दि म्याच चाँदनीका बिमल श्रीस घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख ६ गते बुधबारको खेल भूपू सैनिक जवई स्र्पोटिङ्ग क्लब र सिद्धार्थ युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...