मनकामना युवा क्लब क्वाटरफाइनलमा

प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा मनकामना युवा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

रुपन्देहीको मैनियास्थित स्थानीय खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा मनकामनाले कन्दरा युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा समेत तय गरेको छ ।

मनकामनाको जितमा बिष्णु बि.कले ३८ औं ४३ औं र ५३ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीलाई महत्वपूर्ण जित समेत दिलाए । मंगलबारको खेलको म्यान अफ दि म्याच पनि मनकामनाका ह्याट्रिक गोलकर्ता बिष्णु बि.क. घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख ६ गते बुधबारको खेल चाँदनी युवा क्लब र सगरमाथा युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...