रानीबगीया एफसीको जित

प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा रानीबगीया एफसीले जित हात पारेको छ ।
रुपन्देहीको मैनियास्थित स्थानीय खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा रानीबगीयाले देउराली एफसीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा समेत तय गरेको छ ।

रानीबगीयाको जितका खेलको १२ औं मिनटमा ओम गाहा मगरले एकमात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि रानीबगीयाका निर्णायक गोलकर्ता ओम गाहा मगर घोषित भए ।

प्रतियोगिता अन्तरगत वैशाख ५ गते मंगलबारको खेल गैडाहवा युवा सञ्जाल र ढवाहा एफसीबीच हुने आयोजकले जानकारी दिएको छ ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १५ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...