बिर्तामोडलाई फुटबलको उपाधि

रमेश समदर्शी
झापाको लखनपुरमा आयोजित प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लबले हात पारेको छ ।

आइतबार भएको फाइनल खेलमा लखनपुर–११ लाई सडन डेथमा पराजित गर्दै बिर्तामोडले उपाधि हात पारेको हो । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको खेलमा दुवै टोलीले निर्धारित समयमा एक–एक गोल खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत खेल बराबरी भएपछि सडन डेथबाट निर्णय लिनु परेको थियो ।

सडन डेथमा लखनपुरका गोलरक्षक किशोर गिरीको प्रहार आकाशिएपछि बिर्तामोडले उपाधि उचालेको हो । खेलमा अग्रता भने बिर्तामोडले लिएको थियो खेलको ६७औँ बिर्तामोडका लागि रञ्जित श्रेष्ठले गोल गरेका थिए । त्यसलगतै लखनपुरका लागि राज पौडेलले खेलको ७८औँ मिनेटमा गोल फर्काएर बराबरीमा पु¥याए ।

फाइनल खेलको म्यान अफ द म्याच बिर्तामोडका गोलरक्षक विशाल मुखिया भए । उनले नगद ३ हजार पाए । यस्तै, बिर्तामोडका कप्तान योगेश गुरुङ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । जीतसँगै बिर्तामोडले नगद १ लाख १ हजार १११ रुपैयाँ हात पा¥यो भने उपविजेता बनेको लखनपुरले नगद ५० हजार, मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

यसैबीच, फाइनल खेलअघि भएको नेपाल पत्रकार महासंघ झापा र कलाकार ११ बीचको खेलमा कलाकारले जीत हासिल गरेको छ । उसले पत्रकारलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...