प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगिता शुरु

रुपन्देही । नयाँ वर्षको उपलक्ष्यमा प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
रुपन्देहीको मैनियास्थित स्थानीय खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले गर्नुभएको थियो ।

उद्घाटन खेलमा हरैया एफसीले मैनिया युनिटी एफसीलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको छ । हरैयाको जितमा सन्देश थापाले एक मात्र निर्णायक गोल गरे । जितसँगै हरैया एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलमा निर्णायक गोल गरेका हरैयाका सन्देश थापा नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत वैशाख ३ गते आइतबारको खेल सालझण्डी एफसी र बसन्त फूलबारी एफसीबीच हुने आयोजकले जानकारी दिएको छ ।

न्यू एभरेष्ट एफसी, मैनिया, रुपन्देहीको आयोजना शुरु प्रतियोगितामा कुल १५ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...