सुनौलो शान्तिलाई प्रथम भूपू सैनिक कपको उपाधि

सुरज राना मगर

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनौलो शान्ति क्लबले जितेको छ ।
शुक्रबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा सुनौलोले राधाकृष्ण एफसीलाई सडेन डेथ मा ८ का विरुद्ध ९ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

यसअघि निर्धारित समयको खेलमा दुवैतर्फबाट २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो । निर्धारित समयको खेलमा सुनौलोका लागि नविन पुन र विकास गुरुङले गोल गरेका थिए भने राधाकृष्णका लागि विश्वजित ताम्राकारले गोल गरेका थिए, त्यस्तै थप एक गोल भने सुनौलो शान्तिले आत्मघाति रुपमा खान पुगेको थियो।

शुक्रबारको खेलमा सुनौलो शान्तिका गोलरक्षक रेजिन श्रेष्ठ म्यान अफ द फाइनल घोषित भए, त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि पनि रेजिनले नै हात परे । त्यस्तै उत्कृष्ट रक्षक राधाकृष्णका प्रेम सिंजाली, उत्कृष्ट मिडफिल्डर राधाकृष्णकै बरसात गुरुङ, उत्कृष्ट फरवार्ड आयोजक भूपू सैनिकका अमर डंगोल, उच्च गोलकर्ता पनि आयोजककै जनम लिगल घोषित भए ।

प्रतियोगिताको विजेता सुनोलो शान्तिले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पारेको छ भने उपविजेता राधाकृष्णले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैयामा चित्त बुझाएको छ ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, बेलबासद्वारा नेपाली नयाँ वर्ष (वैशाख १ गते) को उपलक्ष्यमा आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका गरि कुल १४ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...