शुभकामना कप नकआउट फुटबल प्रतियोगीता सुरु

बैशाख १ गते देखी ९ गते सम्म संचालन हुन लागेको शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को आज पहिलो खेलमा आयोजक हेमजा युनाईटेड र आदर्श युवा क्लब लामाचौर बिच भएको खेल मा घरेलु टिम ले पहुना टोली लाई ६ गोल उपहार दिएका छन ।
एकतर्फी भएको खेल मा हेमजा युनाईटेड को तर्फ बाट जर्सी नम्बर १९ का रबिन्द्र कुँवर ले खेल को ३, २९, ४०, ५९ र ६३ औ मिनेट गरी ५ गोल गरेका छन ।भने यसै टोली का जर्सी नम्बर १७ का सुभाषले भने खेल को १९ औ मिनेटमा गोल गर्दा हेमजा युनाईटेड निकै फराकिलो गोल को अन्तरले बिजय भएको छ ।

उक्त खेल को म्यान अफ डी म्याच उनै ५ गोल गर्ने खेलाडी रबिन्द्र घोषित हुन पुगेका छन

भोली हुने पहिली खेल ८ बजे बिष्णु पादुका क्लब बिरुद्ध रंजन मेमोरियल एफ सी लामाचौर र दोर्सो खेल १ बजे सहारा बिरुद्ध खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...