एसी मिलान फुटबल क्याम्प सम्पन्न

एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा एसी मिलान जुनियर फुटबल क्याम्प शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ ।

क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले जनाएका छन् ।

उनीहरुलाई इटालीको एसी मिलान क्लबका प्रशिक्षक डेनियली पाकाग्नन्, निकोलस फासोली, पाउलो कार्ली, एन्ड्रिय निकोली र डेभिड कोर्टीले प्रशिक्षण दिएका थिए ।

क्याम्प अप्रिल १४ तारिखदेखि सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...