युएईमा वान डे फुटबल

वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका नेपाली फुटबलप्रेमीबीच एक दिने फुटबल शुक्रबार हुने भएको छ ।

नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा अवसर प्रथम माउण्ट एभरेष्ट वान डे फुटबल टुर्नामेन्ट आयोजना गर्न लागिएको युएईबाट झापाली फुटबलर दिवस गिरीले जानकारी दिए ।

माउण्ट एभरेष्ट क्लबले आयोजना गरेको टुर्नामेन्टमा १० वटा टिमले भाग लिएका छन् । टुर्नामेन्टको विजेताले नेपाली ९१ हजार र उपविजेताले ७० हजार नगदसहित ट्रफी पाउनेछ । यस टुर्नामेन्टले नेपालीबीच सद्भाव बढाउँदै फुटबलको विकासमा टेवा पु¥याउने विश्वास लिइएको आयोजकले जनाएको छ ।

टुर्नामेन्ट अलसफा पार्कमा बिहान ८:३० बजेबाट सुरु हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...