शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को तयारी पुरा

पोखरा लेखनाथ महानगरपालिका वडा नं २५ हेमजा स्थित हेमजा युनाईटेडद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को तयारी पुरा भएको छ ।
नेपाली नयाँ वर्ष २०७४ वैषाख १ देखी हेमजा स्थित गौरी शंकर खेलमैदान गैरीमा हुने उक्त प्रतियोगीताको आवाश्यक तयारी पुरा भएको हो । प्रतियोगीताको चौ थो संस्करणको उद्धघाटन नेपाल सरकार युवा तथा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले गर्नुहुने कार्यक्रम तय गरिएको क्लब का अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

कास्की जिल्ला फुटबल संघ एन्फा कास्कीको संयोजनमा हुने उक्त प्रतियोगीता “युवा एकता र विकासका लागी खेलकुद” भन्ने नाराका साथ संचालन गर्न लागिएको राष्ट्रिय तथा स्थानिय क्लवहरुको सहभागीतामा हुने उक्त प्रतियोगीताको विजेताले नगद रु १ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले नगद रु ७५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

साथै ७ वटा उपबिधा सर्बोउत्कृस्ठ गोल कीपर,मिड फिल्डर,डेफेन्डर,कोच,हाई स्कोरर लाई नगद रु २,५०० ट्रफी र प्रमाण पत्र, सर्बोउत्कृस्ठ खेलडी लाई नगद रु ५,००० ट्रफी र प्रमाण पत्र र अनुशासित टीम लाई रु ८,००० ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

यसैविच क्लवले आफ्नै पहलमा सुविधासम्पन्न भवन समत निर्माण गरिरहेको र उक्त भवन निर्माणका लागी रु १० हजार भन्दा धेरै सहयोग गर्नेहरुको नाम शिलालेखमा समेत उल्लेख गरिने क्लवले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...