माल्दिभ्समा सावित्रा र अनिता चम्किए

चैत ३० / माल्दिभ्समा फुटसल लिग खेलिरहेका नेपाली महिला फुटबल खेलाडीद्वयले राम्रो प्रदर्शन गरिरहेका छन् । माल्दिभ्स एयरपोर्टको टिममा आबद्ध सावित्रा भण्डारी दुई खेलमा क्विन अफ दि म्याच बनेकी छन् । अनिता बस्नेतले पनि राम्रो प्रदर्शन गरिरहेकी छिन् ।

माल्दिभ्स एयरपोर्टले ७–० ले ओरिडो क्लबलाई हराउने क्रममा सावित्राले ५ तथा अनिता बस्नेतले २ गोल गरे । खेल खेलमा सावित्रा क्वीन अफ द म्याचसमेत घोषित भइन् । यसअघि माल्दिभ्स पुलिससँग भएको खेलमा पनि सावित्रा क्वीन अफ दी म्याच घोषित भएकी थिइन् । सावित्राकै ह्याट्रिकको मद्दतमा माल्दिभ्स एयरपोर्ट ६–३ ले विजयी भएको थियो ।

एक महिनाका लागि माल्दिभ्स एयरपोर्टले सावित्रा र अनितालाई जनही १५ सय अमेरिकी डलर पारिश्रमिकमा अनुबन्धित गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...