सुनौलो शान्ति फाइनलमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत सुनौलो शान्ति क्लब फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा सुनौलोले आयोजक भू.पू. सैनिक जवई स्र्पोटिङ क्लबलाई पेनाल्टी शुटआउटमा ३–० ले पराजित गर्दै उपाधि नजिक पुग्न सफल भएको हो ।

मंगलबारको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो । जसमा सुनौलो शान्तिले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो । अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे तापनि प्राप्त गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा अन्तत् आयोजक भू.पू. सैनिक सेमिफाइनलबाटै बाहिरिएको हो ।

खेलमा आयोजक भू.पू. सैनिकका अमर डंगोलले पहेंलो कार्डको सामना गरेका थिए ।

त्यस्तै मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका सुनौलो शान्तिका गोलरक्षक रेजिन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र ३० गते बुधबारको दोस्रो सेमिफाइनल खेल राधाकृष्ण फुटबल क्लब र झरना स्पोर्टस् क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...