चौथौ गोर्खाली रनिङ कपको उपाधि एफसी रियाललाई

एफसी रियालले नख्खीपोट युवा क्लबलाई सडेन डेथमा हराउदै चौथौ गोर्खाली रनिङ कपको उपाधि चुमेको छ ।

मंगलवार गोर्खामा भएको फाइनल खेलमा दुवै टीमले निर्धारित समयमा २-२ को बराबरी खेले पछि खेल ट्राईब्रेकर त्यसपछि सडेन डेथमा धकेलिएको थियो ।

बिष्णु गुरुङ र सविन के.सीले नख्खीपोटकोलागि एक-एक गोल गरेका थिए भने बिमल बस्नेत र सविन खड्काले एफसी रियालकोलागि गोल गरेका थिए ।

हरामतारी क्लबले आयोजना गरेको यस प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैया प्राप्त गर्‍यो ।


प्रतिक्रिया दिनुहोस

Loading...