एसएससी, बिर्तामोड फाइनल प्रवेश

कृष्ण सिन्जाली, मेचीनगर, खेल दैनिक

मेचीनगर खुल्ला लात्ते भकुन्डो प्रतियोगिताको मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा एसएससी, बिर्तामोड बिजयी भएको छ ।

श्री कृष्ण जन जागृती युवा क्लब, मेचीनगर– १ स्थित निन्दा सिरानको आयोजनामा भएको प्रतियोगितामा एसएससी, बिर्तामोड फुटबल क्लबले जिएससी, गाडागल्ली फुटबल क्लबललाई १–०को अन्तरले पराजित गरेको छ ।

बाल विकास निमाबिको खेल मैदानमा भएको खेलको पहिलो हाफको २० औ मिनेटमा बिर्तामोडका निशान खड्काले गरेको गोल नै निर्णायक गोल भएको थियो । खेलको म्यान अफ दि म्याच बिर्तामोडका निशान बस्नेत धोषित भएका थिए ।

प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले २० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष किशोर दुलालले बताए ।

भोलिको दोस्रो सेमिफाइनल खेल कुवापानी फुटबल क्लब र फिक्कल फुटबल क्लबबीच हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...