पूर्व क्लब विरुद्ध खेल्दै नयाँ सिजनको शुरुवात गर्दै किरन

काठमाडौं (खेलदैनिक) । नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले दिवेही प्रिमियर लिगतर्फ आज टिसी स्पोर्टसको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती ९ः४५ बजे शुरु हुँदैछ ।

माजिया र टिसी स्पोर्टसबीचको यो खेल लिगमा सिजनको पहिलो खेल समेत हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको माजिया लगातार दुई सिजन लिग उपाधि जितिसकेको छ ।

उता टिसी स्पोर्टस भने पूर्व लिग विजेता पनि हो । रोचक कुरा त, किरनले टिसी स्पोर्टसका लागि खेल्दै सन् २०१८ मा माल्दिभ्सको शिर्ष लिग जितेका थिए । त्यतिबेला उनी लिग कै उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।

यद्यपि यस सिजन किरनले माजियाका लागि खेल्ने तय भईसकेका छन् । केही महिना माल्दिभ्स पुगेका उनले माजियाका लागि डेब्यु समेत गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...