युएईमा युथ स्र्पोटिङलाई फ्रेण्डसशिप कपको उपाधि

काठमाडौं (खेलदैनिक) । युएईमा रहेका आप्रवासीहरुबीच सम्पन्न चौथो फिलिपिन्स–एसियन फ्रेण्डसशिप कप सिक्स ए साईड फुटबल प्रतियोगिताको उपाधि युथ स्र्पोटिङ क्लब, दुबईले जितेको छ ।

दुबई स्र्पोटस कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा नेपाली आप्रवासीहरु सम्मिलित युथ स्र्पोटिङले पिनोए एफसी, फिलिपिन्सलाई ३–१ ले हराउँदै उपाधि जितेको हो ।

विजयी खेलाडीहरुले उपाधिसहित आकर्षक गिफ्ट ह्याम्पर्सहरु हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार युथ स्र्पोटिङका क्रमशः सुरज हमाल र शंकर केसीले हात पारे ।

पिनोए फुटबल क्लब, युएईको आयोजनामा भएको एक दिने प्रतियोगितामा युएईमा रहेका आप्रवासी समुदायहरुको कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...