वैवाहिक बन्धनमा बाँधिए एपिएफका पूर्व खेलाडी सरोज

काठमाडौं (खेलदैनिक) । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबका पूर्व खेलाडी तथा महत्वपूर्ण सदस्य सरोज कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् ।

दुई वर्ष अगाडी आफ्नो र परिवारको भविष्यका लागि घरेलु फुटबललाई त्यागेर दुबई पुगेका सरोज हालै नेपाल फर्किएका थिए । सरोजले काठमाडौं निवासी प्रेमिका शर्मिला केसीसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएको कुरा सुनाए । उनका अनुसार दश वर्षे लामो प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

उनले श्रीमतीलाई पनि दुबई नै लैजाने योजना रहेको पनि सुनाए । यद्यपि उनले विदेशमा रहेर पनि फुटबल मोहलाई भने त्याग्न नसकेको स्वीकार गरे । फुटबल मैदानमा डिफेन्डरको भूमिकामा उत्रिने सरोजका अनुसार दुबईमा पनि न्यु ब्वाईज एफसीबाट नियमित जसो फुटबल खेलिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...