वडा अध्यक्ष कप भेट्रान फुटबल बिहीबारदेखि

काठमाडौं (खेलदैनिक) । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

सिक्स ए साइड स्वरुपमा हुने नकआउट प्रतियोगिताका खेलहरु चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछ । फाइनल जेठ ३१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...