टिमोर लेस्टे विरुद्ध नेपालको रोमाञ्चक बराबरी

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटको तयारीका लागि कतार पुगेको नेपाली पुरुष फुटबल टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ ।

दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा भएको खेलमा टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपालले २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई बराबरी गोल फर्काएको थियो ।

नेपालले आगामी खेल आउँदो शुक्रबार ओमानसँग दोहा मै रहेको सुहिम बिन हमाद स्टेडियममा खेल्ने कार्यक्रम छ । यद्यपि ओमान विरुद्ध खेल्नु अघि नेपालले श्रीलंकासँग अनाधिकारिक म्याच खेल्ने सम्भावना पनि छ । त्यसबारे एन्फाले पुष्टी गर्न भने बाँकी छ ।

कतारको बसाईपछि नेपाली टोली उतैबाट कुवेत जाने कार्यक्रम छ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले जुन ८ मा जोर्डन, ११ मा आयोजक कुवेत र १४ मा इण्डोनेसियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...