बिर्तामोड सेमिफाइनलमा

झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगितामा सोमबार बिर्तामोड युनाइटेड क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ।
आदिवासी रङ्गशालामा भइरहेको खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको टिमको जीतका लागि दोस्रो हाफको ५औँ मिनेटमा कर्ण लिम्बूको पासमा पुष्प मादेनले निर्णायक गोल गरे ।

उर्लाबारीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन । खेलको म्याद अफ दी म्याच पुष्प मादेन घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मङ्गलबारदेखि सेमिफाइनलका खेल हुनेछन् ।

पहिलो सेमिफाइनल खेल पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर र लखनपुर ११ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १११ रुपैयाँ र उपविजेता हुनेले नगद ५० हजार, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...