पिस युनाइटेडलाई फुटबल उपाधि

काठमाडौं (खेलदैनिक) । पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित गर्यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए ।

एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । ब्लायक हक तेश्रो भयो ।

एम्पुटी राष्ट्रिय पुरुष फुटबलका उत्कृष्ट खेलाडी सुदीप चापागाईं ट्रफीसाथ ।

प्रतिक्रिया दिनुहोस

Loading...