संगम बी र सानो गौचरन फाइनलमा भिड्ने

पोखरा । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भएको छ । मंगलबार फाईनल खेल हुने छ ।

सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ। संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो । संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे ।

खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको दुई गोल गरेपछि फाईनल पुगेको हो । बगर भाइखलकका लागि मनोज गुरुङले २७ औं मिनेटमा एक गोल फर्काएका थिए । नरेन्द्र प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो सेमिफाईनलमा सानो गौचरनले चितवनलाई पराजित गरेको हो । सानो गौचरनले चितवन भेट्रानमाथि ३–०ले पन्छाउँदै फाईनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा शुक्रले ३८ र ४९ औं मिनेटमा थप दुई गोल गर्दै संगमीसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाएका हुन् ।  शुक्र प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख राशी सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिएको जानकारी अनुसार सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार प्राप्त गर्ने छन् ।

उत्कृष्ठ स्ट्राईकर, सर्वाधिक गोलकर्ता , मिडफिल्डर, डिफेण्डर र गोलकिपरले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । सोमबार भएको दुई सेमिफाईनलिष्ट टोली नगद ३०÷३० हजार रुपैयाँ प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...