तेश्रो विद्यालय फुटबलको उपाधि बाल्मिकीले हात पार्यो

चितवन

तेश्रो जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि बाल्मिकी शिक्षा सदन भरतपुरले हात पारेको छ ।

पिस जोन स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा डेजी आवसीय माविलाई ब्रेकरको आधारमा ५ गोलका विरुद्ध ६ गोलले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

यस्तै प्रतियोगितामा बालकुमारी ईंग्लिश बोर्डिङ स्कुल नारायणगढ तेश्रो स्थान र स्टेप बाई स्टेप ईग्लिस बोर्डिङ स्कुल भरतपुर चौथो स्थान हात पारेको नेपाल विद्यालय फुटबल संघ चितवनका अध्यक्ष धनप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतियोगिताको उपाधिसँगै विजेता बाल्मिकी शिक्षा सदनले २० हजार रुपैया नगदसहित शिल्ड, प्रमाणपत्र पाएको छ । दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगदसहित शिल्ड र प्रमाण पत्र पाए ।

विजेतालाई एक समारोह बीच नेपाल विद्यालय फुटबल संघका केन्दिय सचिव आरवी कटुवालले पुरस्कार प्रदान गरेका थिए । चैत २३ गते देखि २७ गते सम्म चलेको प्रतियोगितामा जिल्लाभरका ३२ वटा विद्यालयहरु सहभागी थियो ।

विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्ने उद्देश्यका हरेक बर्ष यसरी प्रतियोगिता गर्दै आएको संघका अध्यक्ष धनप्रसाद रेग्मीले बताए । प्रतियोगितामा फेयर प्लेको उपाधि अमरज्योति ईग्लिस बोर्डिङ स्कुल गितानगर, फेष्ट गोलकिपरमा डेजी स्कुलका शिव पाठक र सर्वाधिक गोलकर्ताको उपाधि समेत बाल्मीकीका विप्लव सापकोटाले हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...