आयोजक बिटी क्लबलाई उपाधि

पोखरा । बिटी क्लबको आयोजनामा सम्पन्न १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक आयोजकले नै जितेको छ ।

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज भएको फाईनल खेलमा टाईब्रेकरमा लेकसाईड एफसीलाई २१–२० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि रक्षा गरेको हो ।

निर्धारित समय गोलरहित सकिएपछि टाईब्रेकरमा दुवै खेलाडीका प्रत्येक खेलाडीले समान ३ पटकसम्म पेनाल्टी प्रहार गरेका थिए । सड एण्ड डेथमा लेकसाईडका मुख्य डिफेण्डर जीवन गुरुङको प्रहारलाई रोक्दै आयोजकका गोलरक्षक राजाबाबु मगरले बिटी क्लबलाई जित दिलाए ।

विजेता आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ प्राप्त गर्याे । उपविजेता बनेको लेकसाईडले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ हात पार्याे । खेल संयोजक क्रिविन गुङका अनुसार प्रतियोगितामा विधागत तर्फ आयोजकका कप्तान अन्जन देवकोटा सर्वाेत्कृष्ट खेलाडीको रुपमा घोषित हुदै ट्रफी र नगद रु ७ हजार सहित पुरस्कृत भए ।

त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा तारा एफसीका अजित गुरुङ खेल अवधीभर ५ गोल गर्दै ट्रफी सहित नगद ७ हजार प्राप्त गरे । उत्कृष्ट डिफेण्डरका रुपमा लेकसाइडका जिवन गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा आयोजकका विष्णु थापा, उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै राजाबाबु मगर घोषित हुदै जनही ५ हजार हात पारे ।

प्रतियोगिताबाट अनुशासित टिमको रुपमा करापुटार एफसी घोषित हुदै ८ हजार प्राप्त गर्याे । गत १८ गते देखि आज (शनिबार) सम्म सञ्चालन भएको प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई क्लबका अध्यक्ष विजया गुरुङ, आर्थिक सहयोगीदाताहरु, क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...