बाबु साबलाई किङ अफ द रिङ उपाधि

काठमाडौं (खेलदैनिक) । मिस्टर बाबु साबले रेस्लिङ प्रतियोगिताको रोयल रम्बलमा ४ प्रतिस्पर्धीलाई पराजित गर्दै किङ अफ द रिङको उपाधि शुक्रबार जितेका छन् ।

बसन्तपुर डबलीमा भएको प्रतियोगितामा बाबु साबले नेपालका नेपाली ब्रो, यती, स्कोरपियन, लिजार्ड किङसहित दुई भारतीय रेस्लरलाई पराजित गरे ।

हिमालयन टाइगर प्रो रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको महिलामा भगवती र जुरेलीबीचको भिडन्तमा जुरेली विजयी भइन् । बाबु साब, यती र हिलायन टाइगरबीचको भएको थ्री वे कर्नरमा हिमालयन टाइगरले जित हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...