पाउलो डिबालाकी आमा एलिसिया नेपालमा

काठमाडौं (खेलदैनिक) । अर्जेन्टिनी सुपरस्टार पाउलो डिबालाकी आमा एलिसिया डि डिबाला नेपाल आइपुगेकी छिन् । उनी नेपालको अग्रणी शैक्षिक संस्था मध्ये एक स्वस्तीश्री गुरुकुल आईबी वल्र्ड स्कुलको विशेष निमन्त्रणामा नेपाल आइपुगेकी हुन् ।

किशुनजी पार्लियामेन्ट हलमा भएको एक कार्यक्रममा एलिसियालाई भव्य स्वागत गरिएको थियो । उनले कार्यक्रममा बोल्दै आफूले र आफ्नो छोरा (पाउलो) ले नेपाल र स्वस्तीश्री स्कुलबारे धेरै कुरा सुनेको चर्चा गरिन् । साथै उनले निकट भविष्य मै आफू पाउलोसँगै फेरि नेपाल आउन इच्छुक रहेको समेत बताईन् ।

कार्यक्रमका बीच एलिसियाले पाउलो डिबालाद्वारा हस्ताक्षरित उनको वर्तमान क्लब युभेन्टसको जर्सी समेत स्वस्तीश्री स्कुललाई मायाको चिनो स्वरुप हस्तान्तरण गरेकी थिईन् । सो अवसरमा स्वस्तीश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकार, नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा कप्तान अनिल गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...