शनिबारदेखि निजगढ मेयर गोल्डकप

निजगढ (खेलदैनिक) । निजगढ नगरपालिका, बाराको मुख्य सहयोगमा यहि चैत १२ गते शनिबारदेखि चौथो निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

निजगढ युवा क्लब, बाराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको तयारी पनि पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यहि चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताका सबै खेलहरु निजगढ–४ स्थित कछडिया टोलको फुटबल मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...