साफ यु–१८ महिला च्याम्पियनसिपमा भारतको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । जारी साफ यु–१८ महिला च्याम्पियनसिपतर्फ आयोजक राष्ट्र भारतले साविक विजेता बंगलादेश माथि संघर्षपुर्ण जित निकालेको छ ।

जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतले बंगलादेशमाथि १–० को साँघुरो अन्तरको जित निकालेको हो । खेलको ६३औं मिनटमा नितु लिन्डाले गरेको एक मात्र गोल भारतलाई लगातार दोस्रो जित दिलाउन निर्णायक बन्यो ।

स्मरण रहोस, भारतले आफ्नो पहिलो खेलमा नेपाललाई ७–० ले हराएको थियो भने बंगलादेशले पनि आफ्नो पहिलो खेलमा नेपाललाई ४–२ ले पराजित गरेको थियो ।

शनिबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको भारत शिर्ष स्थानमा रहँदा बंगलादेश ३ अंकका साथ दोस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ । प्रतियोगितामा दक्षिण एसियाका तीन टोली मात्र सहभागि छन् ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आगामी खेल सोमबार भारतसँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...