सन्तोषको गोलले आर्मीको रोमाञ्चक बराबरी

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक ए डिभिजन लिगतर्फ त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार भएको दोस्रो खेलमा संकटा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मी एक समय हारको दबाबमा पनि थियो । खेलमा शुरुवाती अग्रता संकटाले बनाउँदा आर्मी दबाबमा परेको थियो । दोस्रो हाफमा विभागीय टोली खेलमा फर्किएको थियो ।

खेलको १५औं मिनटमा उत्तम राईको गोलबाट अग्रता लिएको संकटाले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाई राख्न सक्यो । दोस्रो हाफको ६०औं मिनटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

खेलमा आर्मीका सन्तोष तामाङ नै म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि १२ खेलबाट २२ अंक जोडेको आर्मी दोस्रो स्थानमा पुगेको छ । उता संकटा भने १५ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...