रोहित फेरि ईण्डोनेशिया

खेलदैनिक, चैत २६ / इन्डोनेसियाली लिगका लागि राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द फेरि ईण्डोनेशिया पुगेका छन् । चोटबाट फर्केपछि पुनः रोहितलाई आगामी सिजनका लागि पुरानै क्लबले बोलाएको हो । इन्डोनेसियाको नयाँ सिजन यही अप्रिल १५ मा सुरु हुनेछ।

२६ वर्षे रोहितलाई यसअघि उनको क्लब पर्सिया जाकार्ताले नयाँ सिजनका लागि शुक्रबार अनुबन्ध गरेको हो। इण्डोनेसियाली लिगा–१ को क्लब पर्सिया जाकार्तासँग जनवरी ७ सम्मका लागि सम्झौता गरेको बताईन्छ ।

गत वर्ष मलेसियन क्लबसँग खेल्नु अघि रोहितले यसअघि सोही क्लबबाट २०१३ देखी २०१५ को सिजनमा खेलेका थिए। गत वर्ष रोहितले झण्डै आठ महिना खेलबाट टाढा बस्नुपरेको थियो । त्यसपछि उनले मनाङबाट पुनः खेलमा फर्केका थिए । १५ औं आहारारा गोल्डकप र झापा गोल्डकप जित्दा रोहित टीममा थिए ।

एन्फा एकेडेमीका उत्पादन रोहितले २०१० देखी मछिन्द्र क्लबबाट खेल जीवन सुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...