फाइनलमा आर्मी र झापा एघार उपाधिकालागि भिड्दै

तेस्रो माइ भ्याली गोल्ड कपको फाइनलमा नेपाल आर्मी क्लब र झापा एघार इलामको ठूलो टुँडिखेलमा आज उपाधिकालागि भिड्दै छन् ।

खेल ३ बजेबाट शुरु हुनेछ ।

झापा एघारले नेपाल एपीएफ क्लबलाई १-० र नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...