मौरिसस टिम शनिबार नेपाल आउँदै, नेपाल उड्नु अघि एक खेलाडीमा कोरोना संक्रमण

काठमाडौं (खेलदैनिक) । नेपालसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्न मौरिससको राष्ट्रिय फुटबल टोली शनिबार नेपाल आइपुग्ने बताइएको छ । यद्यपि नेपाल प्रस्थान गर्नुअघि मौरिससको टोलीले पिसिआर परिक्षण गर्दा एक सदस्यमा कोरोना संक्रमण देखिएको मौरिसस एफएले जनाएको छ ।

पिसिआर परिक्षण गर्दा केभिन पेर्टिकोट्समा कोभिड–१९ पोजिटिभ देखिएको मौरिसस एफएले जनाएको छ । साथै केभिनको रिपोर्ट पोजिटिभ आएसँगै नेपाल भ्रमण गर्ने मौरिससको टोलीमा उनी सामेल हुने छैनन् । त्यस्तै अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको एफएले जनाएको छ ।

स्मरण रहोस, फिफाको इन्टरनेशनल ब्रेक अन्तरगत नेपाल र मौरिससबीचको खेल यहि जनवरी २९ तारीख र फेब्रुअरी १ तारीखका दिन हुने कार्यक्रम छ । जुन खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुने समेत तय भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...