नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द इन्डोनेशियन लिग खेल्ने क्लब पर्सिजा जकार्तासँग अनुबन्धित भएका छन्।
चन्दले क्लबसँग आज १०-महिने सम्झौता गरेका छन्। यो सम्झौता अप्रिल ७, २०१७ देखी जनवरी ७, २०१८ सम्म रहनेछ।
लिगा १ अन्तर्गत चेल्सीका पूर्व खेलाडी माइकल ईसियन पर्शिव बान्दुङबाट खेल्ने गर्छन्।
अब उनीहरुको भेट मैदानमा चाडै हुनेछ । लिगा १ अप्रिल १५ बाट सुरु हुँदैछ।