नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द इन्डोनेशियन लिग खेल्ने क्लब पर्सिजा जकार्तासँग अनुबन्धित भएका छन्।
चन्दले क्लबसँग आज १०-महिने सम्झौता गरेका छन्। यो सम्झौता अप्रिल ७, २०१७ देखी जनवरी ७, २०१८ सम्म रहनेछ।
सम्झौताको रकम खुलाइएको छैन । कोच स्टिफानोका अनुसार रोहित सेन्ट्रल मिडफिल्डर र दोस्रो स्ट्राइकरको रुपमा खेल्नेछन।
अभ्यास शत्र र इन्डोनेशिया अन्डर-२२ बिरुद्ध मैत्रिपूर्ण खेलमा रोहितसँग आफू प्रभावित भएको कोचले बताए ।
सम्झौता गरेपछि रोहितले आफू फेरी पर्सिजा जकार्ताबाट खेल्न पाउदा खुशी लागेको बताए।
चन्दले पहिले पनि २०१२-२०१५ सम्म साँढे दुई बर्ष पर्सिजा जकार्ताबाट खेलेका थिए ।
रोहितले २०१५को सिजनमा मलेशियन क्लब टि-टीम एफसीबाट खेलेका थिए।
उनको घुडाको शल्यक्रिया भएको एक बर्ष पछि उनी मैदानमा फर्केका हुन।